अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबयुक्त शान्ति योजनापछि इजरायलले गाजामा बमबारी रोकेको छ।
शान्ति योजना प्रस्ताव गरेको कयौँ घण्टासम्म आक्रमण गरेको इजरायलले अन्ततः गोलाबारी बन्द गरेको जनाइएको छ। तर यो प्रस्तावपछि मात्रै गाजामा ७० जनाको मृत्यु भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सन्देश जारी गर्दै अमेरिकी मध्यस्थताको नयाँ शान्ति योजनाअनुसार हमास समूहसँग अप्रत्यक्ष वार्ताले गति लिएको बताएका छन्। टेलिभिजनमार्फत् सम्बोधन गर्दै नेतन्याहूले दुई अमेरिकी दूतसहित इजरायलका अधिकारी हमाससँग वार्ताका लागि इजिप्ट जाने उल्लेख गरेका छन्।
ट्रम्पको शान्ति योजनामा हमासको नियन्त्रणमा रहेका जीवित वा मृत सबै बन्धको रिहाई, हमासलाई निशस्त्रीकरण, इजरायलद्वारा गाजामा आक्रमण बन्द र सबै प्यालेस्टिनीको रिहाइ लगायतका विषय शर्तका रुपमा राखिएका छन्। हमास समूहले निशस्त्रीकरण बाहेकमा सहमति जनाइसकेको छ। तर इजरायली प्रधानमन्त्री नेतन्याहूले भने हमासलाई निशस्त्रीकरण बनाउने विषयलाई प्रमुख शर्त बनाउनुभएको छ। उहाँले आफ्नो सम्बोधनमार्फत् हमासलाई जसरी पनि हतियारविहीन बनाउने घोषणा गरेका छन्।
उनले ट्रम्पको शान्ति प्रस्तावअनुसार वा आफ्नो सैन्य कारबाही अनुसार, हमासलाई हतियार विहीन बनाउने चेतावनीसमेत दिनुभएको छ। यसबारे हमासले केही भनेको छैन। नेपालका विपिन जोशीसहित कम्तीमा २० बन्धक जिवित अवस्थामा हमासको नियन्त्रणमा रहेको ठानिएको छ। यस्तै २८ बन्धकको मृत्यु भइसकेको अनुमान भए पनि एकिन विवरण आइसकेको छैन। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया