काठमाडौँ : स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत समालेकी प्रधानमन्त्री सुशीला कार्कीले मणिपाल मेडिकल कलेज लगायत विभिन्न स्वास्थ्य संस्थामा आन्दोलनरत नर्सहरूको माग सम्बोधन गर्न निर्देशन दिएकी छन्।
बिहीबार सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्या सचिव डा. विकास देवकोटा सहितको टोलीलाई बोलाएर नर्सहरूको आन्दोलनप्रति संवेदनशील भएर राख्न र उनीहरुका मागबारे समाधान निकाल्न निर्देशन दिएकी हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी उक्त टोलीमा सहभागी भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए। डा बुढाथोकीले भने‚ ‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा समेत रहनु भएकी प्रधानमन्त्रीसँग मन्त्रालयगत विविध विषयमा छलफल भयो । यसै क्रममा उहाँ नर्सहरूको आन्दोलनको विषयमा चासो राख्नुभयो र दक्ष स्वास्थ्यकर्मीहरूको पारिश्रमिक विषयमा संवेदनशील हुन र उनीहरूको मागबारे चाँडै समाधान निकाल्न निर्देशन दिनु भएको छ।’
केही दिनदेखि पोखरास्थित मणिपाल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरु कम तलबमा काम गरेको भन्दै आफूहरूको तलब स्वास्थ्य सेवाअन्तर्गतको पाँचौँ तहको कर्मचारीको सरह हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका छन्।
नर्सहरुको मागको विषयमा निजी मेडिकल कलेज सञ्चालकहरुले तत्काल पूरा गर्न नसकिने प्रतिक्रिया दिएका छन् तर नेपाल नर्सिङ संघले यसलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गरेको छ। उनीहरुले तत्काल मागको सम्वोधन नगरे नर्सहरू देशव्यापी रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया