Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन

 

काठमाडौँ : स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत समालेकी प्रधानमन्त्री सुशीला कार्कीले मणिपाल मेडिकल कलेज लगायत विभिन्न स्वास्थ्य संस्थामा आन्दोलनरत नर्सहरूको माग सम्बोधन गर्न निर्देशन दिएकी छन्।

बिहीबार सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्या सचिव डा. विकास देवकोटा सहितको टोलीलाई बोलाएर नर्सहरूको आन्दोलनप्रति संवेदनशील भएर राख्न र उनीहरुका मागबारे समाधान निकाल्न निर्देशन दिएकी हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी उक्त टोलीमा सहभागी भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए। डा बुढाथोकीले भने‚ ‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा समेत रहनु भएकी प्रधानमन्त्रीसँग मन्त्रालयगत विविध विषयमा छलफल भयो । यसै क्रममा उहाँ नर्सहरूको आन्दोलनको विषयमा चासो राख्नुभयो र दक्ष स्वास्थ्यकर्मीहरूको पारिश्रमिक विषयमा संवेदनशील हुन र उनीहरूको मागबारे चाँडै समाधान निकाल्न निर्देशन दिनु भएको छ।’

केही दिनदेखि पोखरास्थित मणिपाल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरु कम तलबमा काम गरेको भन्दै आफूहरूको तलब स्वास्थ्य सेवाअन्तर्गतको पाँचौँ तहको कर्मचारीको सरह हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका छन्।

नर्सहरुको मागको विषयमा निजी मेडिकल कलेज सञ्चालकहरुले तत्काल पूरा गर्न नसकिने प्रतिक्रिया दिएका छन् तर नेपाल नर्सिङ संघले यसलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गरेको छ। उनीहरुले तत्काल मागको सम्वोधन नगरे नर्सहरू देशव्यापी रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP