Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

आजदेखि मतदाता नामावली संकलन स्थगित

काठमाडौं : सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति तोकिसकिएकाले अब अन्तिम मतदाता नामावली प्रकाशनको तयारीमा लाग्ने भएकाले नामावली संकलन स्थगित गरिएको बताए। उनले कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत काममा लाग्ने बताए।

सरकारले आगामी वैशाख ३० गते एकैपटक स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ। प्रवक्ता पौडेलका अनुसार अब चुनावमा भाग लिने दलहरूलाई दल दर्ताको आह्वान गरिने छ। आयोगले दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गर्नेछ। आयोगले आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रक्रिया अघि बढाएको उनले बताए।

आयोगले स्थानीयतहको निर्वाचनका लागि आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको हो। जसको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई माघभित्र आयोगमा पठाउन भनेको  छ। स्थानीय तह निर्वाचनका लागि आयोग र सुरक्षा निकयले सरकारसँग ३९ अर्ब रूपैयाँभन्दा बढी रकम मागेका छन्। २०७४ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी जेठ ६ गते सकिँदै छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP