Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

७ सय ५३ पालिकामै प्राविधिक शिक्षा पुर्‍याउँछाैँ : मन्त्री पौडेल

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका सात सय ५३ वटै पालिकामा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने बताउनुभएको छ । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन आज मङ्गलवार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै पालिकामा पुर्‍याउने बताउनुभयो । 

‘प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँग जोड्नुपर्छ’, उहाँले भन्नुभयो, ‘मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको छ ।

मन्त्री पौडेलले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमुनाका रूपमा अघि बढाउन आवश्यक बजेटका लागि आफूले पहल गर्ने बताउनुभयो । ‘भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न तयार छु’, उहाँले भन्नुभयो, ‘अन्यत्र नभएको विषयलाई हामीले ध्यान दिनुपर्छ ।’

मन्त्री पौडेलले तीन वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालये योजना अघि बढाएको बताउँदै यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बताउँदै चार देखि १२ वर्षका विद्यार्थीका लागि पनि चाँडै खोप व्यवस्थापन हुने बताउनुभयो ।

पढ्दै–कमाउँदै कार्यक्रमले सीपलाई श्रमसँग जोड्ने बताउँदै मन्त्री पाैडेलले ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई समावेश गर्ने बताउनुभयो । 

२०७६ असोज ७ गते आङ्गिक क्याम्पसको रूपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले पाँच करोड रुपैयाँ छुट्याएको छ । निर्माणको ठेक्का पाएको रविना कन्ट्रक्शन प्रालिले तीन करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा चार तले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्णप्रसा दशर्माले जानकारी दिनुभयो । 

माछापुच्छ्रे माध्यमिक विद्यालयले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी १४ रोपनी जग्गा ८० करोड रुपैयाँ मा खरिद गरी बुहप्राविधिक शिक्षालय निर्माणका लागि उपलब्ध गराएको सङ्घीय सांसद दुर्गा विकले बताउनुभयो । 

अहिले बहुप्राविधिक शिक्षालय घर भाडामा लिएर सञ्चालन भइरहेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP