कपिलवस्तु माघ २९ – राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तुको जिल्ला कार्य समितिको पदाधिकारी फेरबदल गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समितिका अध्यक्ष नारायण बहादुर सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला पदाधिकारी फेर बदल गरेको जानकारी दिनु भएको छ ।
राप्रपाको विधान बमोजिम पदाधिकारी फेरबदल गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आजकै मिति देखि लागू हुने गरी पदाधिकारी परिवर्तन गरिएको अध्यक्ष सिंहले बताउनु भयो ।
अध्यक्ष नारायण बहादुर सिंहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उपाध्यक्ष पदमा चन्द्र भण्डारी, अलिमुन निसा, दिपेन्द्र विक्रम जिसीलाई चयन गरिएको छ । त्यस्तै सचिव पदमा राजेश उपाध्याय, सहसचिव मनोज कुमार शुक्ल, इश्वरी गिरि र कोषाध्यक्ष चेत नारायण खनाललाई चयन गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया