Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

कांग्रेस संसदीय दलको बैठक बस्दै : प्रधानन्यायाधीशको महाअभियोग प्रस्ताव र एमसीसीबारे छलफल हुने

काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आज बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभयो ।

बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाअभियोग प्रस्तावबारे छलफल हुने मुख्य एजेण्डा छ । कांग्रेससहित ९८ सांसदले आइतवार प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव पेस गरेका थिए ।

महाअभियोग प्रस्ताव पारित गर्न दुई तिहाइ सांसदको आवश्यकता पर्छ । त्यस्तै बैठकमा एमसीसीका बारेमा पनि छलफल हुनेछ । सरकारले भोलि बस्ने संसद् बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा संसदबाट एमसीसी सजिलै पास हुनेमा ढुक्क हुनुहुन्छ । हिजो बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले एमसीसीलाई सदनमा पेस गरी वारपार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP