काठमाडौं : प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता टेबल गर्ने चर्चा छ। तर संसद् सचिवालयले शनिबारै साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख छैन्। यस अघि गत शुक्रबार बसेको बैठकमा पनि एमसीसी पेश गर्ने भनिए पनि सत्ता गठबन्धनमा कुरा नमिल्दा टेबल हुन सकेन।
आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने मात्र उल्लेख छ।
सत्ता गठबन्धनमा सहमति नहुँदा एमसीसी टेबल हुन सकेको छैन। सरकार फागुन १६ गतेभित्र एमसीसीलाई टुङ्गो लगाउनैपर्ने दबाबमा छ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। बैठक बिहान साढे ११ बजेका लागि बस्ने छ।
बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ। बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुनेछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया