Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

एमसीसी अनुमोदन गर्ने/नगर्ने निर्णय नेपालकै हो : अमेरिका

काठमाण्डाै – अमेरिकाले एमसीसीसँगको अनुदान सम्झौता अनुमोदनका विषयमा नेपालले नै निर्णय गर्ने बताएको छ ।

एमसीसी सहयोगलाई लिएर अमेरिकाले नेपाललाई कुटनीतिक दबाब दिएको चीनको भनाइ आएको भोलिपल्ट नेपालका लागि अमेरिकी दूतावासले नेपाल सार्वभौम लोकतान्त्रिक देश रहेकाले एमसीसीबारे नेपालले नै निर्णय गर्ने जनाएको छ ।

शुक्रवार चीनले एमसीसीलाई लिएर अमेरिकाले कुटनीतिक दबाब दिएको भन्दै आफूहरुले त्यसको विरोध गर्ने बताएको थियो ।

अमेरिकी दूतावासले निकालेको विज्ञप्तिमा ‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय एउटा सार्वभौम लोकतान्त्रिक देशका रूपमा नेपालले गर्ने हो र यो केवल नेपालको निर्णय हो’ भनिएको छ । विज्ञप्तिमा नेपाल र अमेरिकाबीचको सम्बन्ध ७५औँ वर्षमा रहेको र यसबीचमा नेपालमा ठूलाठूला परिवर्तनहरू भएको उल्लेख छ ।

नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमका साथै थप माध्यमबाट मद्दत गरेको पनि अमेरिकाले बताएको छ । एमसीसीको ५० करोड डलर अनुदान अमेरिकी नागरिकातर्फबाट उपहार एवम् दुई देशबीच साझेदारीका रूपमा रहेको जनाएको छ ।

एमसीसीको अनुदानले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र त्यसले नेपालीको जीवनमा सुधार गर्ने विज्ञप्तिमा उल्लेख छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP