Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

नेकपा : ‘एमसीसी पारित भए आफ्नै मृत्यु पत्रमा हस्ताक्षर गरे सरह हाे’


काठमाडौ ।
जनस्तरबाट निरन्तर विरोध हुँदै आएको अत्यन्तै विवादास्पद एवं राष्ट्रघाती भन्दै अमेरिकी मिलिनियम च्यालेञ्च कम्प्याक्ट (एमसीसी) संझौता सरकारले प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत गरेकोमा नेपाल कम्युनिष्ट पार्टी एक विज्ञप्ति जारी गर्दै घोर विरोध जनाएको छ ।
विज्ञप्तिमा भनिएकाे छ, “प्रतिनिधि सभामा यो सम्झौता टेबुल गरिनु सार्वभौमसत्ता सम्पन्न संसद र सांसदहरुको पनि घोर अपमान हो । अझ यसलाई संसदबाट पारित गरिए आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरे सरह हुने नेपाल कम्युनिष्ट पार्टीको स्पष्ट दृष्टिकोण छ” ।

नेपालको संविधान, संसद, सर्वाेच्च अदालत र ऐनकानुन भन्दा माथि राखिएको र हिन्द–प्रशान्त रणनीतिको अभिन्न अंग मानिएको तथा अमेरिकी उच्च अधिकारीद्वारा बारम्बार भनिँदै र स्वीकारिँदै आएको जनाउँदै नेपाललाई प्रत्यक्ष अमेरिकी सैन्य गुटमा संलग्न गराउने उदेश्यले अनुदानको नाम दिएर गरिएको यो संझौता गरेर नेपाललाई विश्वका शक्ति राष्ट्रहरु बीच परस्पर द्वन्द्वको अखडा बनाउने निहीत स्वार्थमा प्रत्यक्ष परोक्ष फसाउँदै लगिएको आराेपसमेत लगाएकाे छ । यसले नेपालको परराष्ट्र नीतिलाई छिन्नभिन्न पार्ने मात्र होइन नेपाललाई अबाञ्छित रणमैदानमा परिणत गर्ने धारणा जनाएकाे छ ।

नेपालको संसद नेपाली जनताको सच्चा प्रतिनिधित्व गर्ने सार्वभौम थलो हो भने त्यसले यो अपमानजनक सम्झौतालाई ठाडै अस्वीकार गरी खारेजीकाे माग गरेकाे छ । यो संसदले राष्ट्रघाती र जनघाती कुनै पनि संझौताका बूँदाहरुलाई किमार्थ संशोधन गर्न नसक्ने विज्ञप्तिमार्फ जनाएको छ ।

नेपाल र नेपाली जनताको भाग्य र भविष्यमाथि ठाडै खेलबाड गर्ने र अमेरिकी स्वार्थको हित गर्ने यो सम्झौता खारेज गराउन नेपाली जनता एकताबद्ध भएर राष्ट्रब्यापी संयुक्त आन्दोलनमा उत्रन नेपाल कम्युनिष्ट पार्टीले जोडदार आह्वान गरेकाे छ ।

साथै, बाह्य हस्तक्षेपका विरुद्ध खाशगरी एमसीसी खारेजीका लागि संघर्षरत जनसमुदायमाथि सुरक्षा निकायहरुबाट भइरहेको बर्बर दमन रोक्न र दमन गर्नेहरुमाथि कडा कार्वाही गर्न नेपाल कम्युनिष्ट पार्टी राज्यसँग जोडदार मागसहित नेपाल कम्युनिष्ट पार्टीका कार्यवाहक अध्यक्ष लोकनारायण सुवेदीकाे हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP