काठमाडाैं : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म १० वटा राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन दर्ता हुन निवेदन दिएका छन्।
आयाेगमा निवेदन दिनेहरूमा जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी छन्।
नेपाली कांग्रेस, एमाले र माओवादीलगायतका पार्टीले भने अझै दल दर्ता गरि नसकेकाे आयाेगले जनाएकाे छ। याे संख्या आयोगले फागुन ५ को स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा सूचना प्रकाशन गरेपछिकाे हाे।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम पछिल्लाे समय नेपाल कम्यूनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी आयोगमा दर्ता भएका हुन्।
योसँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरूको संख्या १०९ पुगेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा मतदाता नामावली अद्यावधिक कार्य अन्तर्गत कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघिको व्यवस्थाभन्दा फरक निर्णय गरेको जनाएका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया