Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

समाजवादबाट मात्रै ‘सुखी नेपाली समृद्ध नेपाल’ : सम्मानित नेता खनाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन्।

आइतवार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको बृहत् होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै सम्मानित नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताएका हुन्।

उनले देशको विकास गर्न र विकृति, विसंगति अन्त्य गर्न समाजवाद आवश्यक भएको बताए। उनले समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रूपमा रूपान्तरण गर्न सकिने बताए। खनालले सुखी नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने बताए।

उनले भने, ‘समाजवाद प्राप्त गरेर मात्रै तपाईं, हामीले देशमा शान्ति, समृद्धि ल्याउन सक्छौँ। विकास ल्याउन सक्छौँ। आजको सारा विकृति र विसंगति अन्त्य गर्नसक्छौँ। आजको युग समाजवादको युग हो। हाम्रो पार्टीले एउटा नारा तय गरेको छ, दक्षिणपन्थी अवसरवादको विरोध गरौँ, समाजवाद निर्माण गर्नका लागि अगाडि बढौँ।’

सम्मानित नेता खनालले देशका युवाहरू साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिहरूका विरुद्ध एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। उनले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिका विरुद्ध पनि आम जनतालाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए।

उनले विद्यार्थीलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी कहिल्यै नबन्न भने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP