Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

हिजोका अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुबे : बाबुराम भट्टराई

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हिजोका अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुब्दै गर्दा देशको आर्थिक-सामाजिक रूपान्तरणको काम अधूरै रहेको प्रतिक्रिया दिएका छन्।

आइतबार राति सामाजिक सञ्जाल एक्समा उनले पञ्चायतकालमा गरेको संघर्षको सम्झना गर्दै भट्टराईले २०३३/३४ सालदेखि चर्किएको संघर्षले ४७ सालमा बहुदल पुनःस्थापना भएको बताएका छन्। परिवर्तन अपूरो भयो भनेर आफूहरूले १० वर्ष सशस्त्र विद्रोह गरेको र त्यसको पूरक जनआन्दोलन मधेश विद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको उनको दाबी छ।

उनले क्रान्तिमा सहभागी भएकाहरू नै सत्ताको चास्नीमा डुबेर रूपान्तरणको काम भुलेको आरोप लगाएका छन् । आफूहरूजस्ता केहीले राजनीतिको पुनःसंरचनाको कुरा गर्दा मूर्ख सावित हुनुपरेको भन्दै उनले दुःख व्यक्त गरेका छन्

‘हिजोका अधिकांश क्रान्तिकारीहरू नयॉ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए! देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्’, उनले लेखेका छन्, ‘बाबुरामहरू जस्ता केही ‘मूर्ख’ हरू नयॉ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गराैँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्! तर त्यो अरण्यरोदन बनिरहेछ!’

उनले गल्ती सच्याउन र इतिहास दोहोरिन नदिन सुझाव दिएका छन्।

 

नयाॅ पुस्तालाई थाहा नहुन सक्छ! तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करीब करीब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ! मण्डलेतन्त्रको बिगबिगी थियो।जनतामा चरम निराशा थियो।प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए।बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर… pic.twitter.com/98BNKpViWv

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP