Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने

काठमाडौं : उपप्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछानेले सहकारी ठगहरूले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि जफत गरी लिलाम गरिने बताएका छन्।

सहकारी पीडितसँग भएको छलफलका क्रममा लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि संचालकका सम्पत्ति कब्जा गरी लिलाम गरिने बताए। त्यसका लागि फास्ट ट्र्याकबाट कानुन बनाउन लागिएको लामिछानेले जानकारी गराए।

‘कतिपयले सम्पत्ति आफ्नो नाममा राख्न नमिल्ने भएर आफन्तहरूका नाममा राखेका छन्। आफ्नो नाममा छैन म त बाँच्छु भनेर कसैले सोचिरहेको होला।’ लामिछानेले भने, ‘त्यो आफन्त हिजो कति गरिब थियो र अहिले रातारात कसरी धनी भयो भनेर हेर्ने संयन्त्र गृह मन्त्रालयसँग पनि छ। सम्पत्ति शुद्दीकरण विभागसँग पनि छ। तर इच्छाशक्ति हुनुपर्‍यो।’

अहिले साना बचतकर्तालाई प्राथमिकता राखेको भन्दै लामिछानेले तत्काल कानुन बनाएर कार्यान्वयन गर्दै गएपछि समस्या समाधान हुँदै जाने बताए।

संचालकका सम्पति कब्जा गरी लिलाम बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्नका लागि सरकारले फास्टट्र्याकबाट कानुन ल्याउन लागेका जानकारी लामिछानेले गराए।

व्यवस्थापन मिलाउँछु र बचतकर्ताको रकम फिर्ता गर्छु भन्नेलाई पनि मौका दिन सकिने उनको भनाइ छ।

सहकारी र लघुवित्तपीडितका लागि अहिले संकटकाल भएको भन्दै लामिछानेले विधि प्रक्रियाको भारी बोकेर ढिलासुस्ती नगर्ने र फास्ट ट्र्याकमा काम गर्ने आश्वासन दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP