Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा

पाल्पा : नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशन आगामी जेठ ११ र १२ गते हुने भएको छ। शुक्रबार तानसेनमा बसेको एमाले जिल्ला कमिटीको बैठकले अधिवेशन भव्य र सभ्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ।

तानसेनको बतासेस्थित श्रीनगर साँस्कृतिक डबलीमा अधवेशनको उद्घाटनशत्र हुनेछ। बन्दशत्र तानसेन नगरपालिकाको सभाहलमा हुने छ।

अधिवेशनमा करिब ४६० प्रतिनिधि सहभागी हुनेछन्। पाल्पामा करिब ८ हजार एमालेका सदस्य रहेका छन्।

८१ वटै वडाबाट प्रतिनिधि छनोट प्रक्रियाका लागि निर्वाचन हुनेछ। २० सदस्य संख्या बराबर १ जना प्रतिनिधि छनोट हुनेछन्। तीनजना प्रतिनिधि छनोट हुँदा एक जना महिला अनिवार्य हुनुपर्ने छ। एक वडा एक युवा प्रतिनिधि छनोट हुनुपर्नेछ।

पालिकालाई इकाइ मानेर १२ दलित समुदायका सदस्य संख्या बराबर १ दलित प्रतिनिधि छनोट गर्नुपर्ने हुन्छ। आगामी जेठ ५ गते प्रतिनिधि छनोटका लागि सबै वडामा निर्वाचन हुने अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए।

अनुसूची १ मा पर्ने जनसंगठन २ र अनुसूची २ मा पर्ने जनसंगठनबाट १ जना प्रतिनिधि सहभागी हुन पाउने निर्णय भएको छ। पाल्पा–काठमाडौ सम्पर्क मञ्चबाट ५ र एमाले निकट भारत प्रवास समितिबाट ३ जना पर्यवेक्षकको रुपमा अधिवेशनको बन्दशत्रमा सहभागी पाउने उनले बताए।

अधिवेशन सम्पन्न गर्न अध्यक्ष धनेन्द्रराज घिमिरेको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। जिल्ला कमिटीका पदाधिकारी, सदस्य, गाउँकमिटीका पदाधिकारी, वडाध्यक्ष जनसंगठनका जिल्लास्थित केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष सदस्य रहने छन्।

सबै पालिका र वडा कमिटीको अधिवेशन आगामी जेठ ३ गतेसम्म सम्पन्न गर्ने निर्णय भएको छ। सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने काम बैशाख मसान्तसम्म हुने उनले बताए।

बैठकमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वसम्मतीबाट नै नेतृत्व चयन गर्न सुझाव दिए।

पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज बैजनाथ चौधरीले उच्च समझदारी र अनुशासन रहेर जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने बताए।

पोलिटब्यूरो सदस्य तथा पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर प्रसाद गैरेले पाल्पामा एमाले थप बलियो बनाउने गरी अधिवेशन सम्पन्न गर्नुपर्ने बताए।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कडेलले विधिविधानको पालना गरेर नेतृत्व चयन गर्न आग्रह गरे।

केन्द्रीय सदस्य तथा पाल्पाका दशै पालिका इन्चार्ज सिर्जना काफ्लेले पार्टीलाई थप मजवुत बनाउने सन्देश दिने गरी अधिवेशनको तयारीमा जुट्न अनुरोध गरे।

अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा भएको बैठकमा केन्द्र, प्रदेशस्तरका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP