Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

जसपा अस्थिरताको कारक बन्दैन : अध्यक्ष राई

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले जसपा अस्थिरताको कारक नहुने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले सरकारको अंकगणित मिलिरहेको भए पनि सरकारलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीमा ‘अण्डरकरेन्ट’ चलिरहेको आफूले जानकारी पाएकाले सरकार स्थिर बनाउनुपर्नेमा आफूहरु एक ठाउँमा उभिएको बताए।

अध्यक्ष राईले आफ्नो पार्टी अनियमित, गैरसंवैधानिक र गैरकानूनी ढंगले दर्ता नभएको भन्दै अदालत जाने बाटो सबैलाई खुला रहेको बताए। उनले संवैधानिक अंगले वकीलहरुको जवाफ बहससमेत गराएर सहमति र स्वीकृति दिने काम गरेको भन्दै संविधानसम्मत दल दर्ता भएको बताए।

उनले कसैसँग पनि लेनदेनका आधारमा पार्टी विभाजन नगरेको बताए। विभाजनको कारण सैद्धान्तिक, राजनीतिक, शैलीगत, नीतिगत कुरामा मत भिन्नता रहेको बताए।

उनले भने, ‘अंकगणित त मिलेकै थियो, यहाँहरुलाई थाहा छँदैछ। अलिकति अंकगणितलाई फेरफार गर्ने गतिविधि पनि अण्डरकरेन्ट चलिरहेको छ भन्नेकुरा मिडियाहरुमा आयो। त्यो चिज अलिकति संवेदनशील थियो। त्यसको सत्यता सञ्चार क्षेत्रलाई नै बढी थाहा हुनसक्छ। हामी शतर्क हुनुपर्ने पक्ष के थियो भने अस्थिरताको शिकार जसरी मुलुक बनेको छ, त्यो अवस्था रहनु हुँदैन, हामी त्यसैकारण संघीय समाजवादी पार्टी बनिसकेपछि हामी अस्थिरताको कारक हुँदैनौँ भनेर हामीले घोषणा गरेका छौँ।’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमा स्वेच्छाचारिता हाबी भएकाले नयाँ पार्टी गठन गर्नुपरेको बताए। महाधिवेशन नै कब्जा गरेर अनियमित ढंगले आफ्नो मुठीभित्र पार्टी राख्ने गतिविधि उपेन्द्र यादवमा देखिएकाले नयाँ पार्टी गठन गर्नुपर्ने स्थिति आएको दाबी गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP