Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज सुनुवाइ

काठमाडौं : कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको भन्दै उहाँलाई पदमुक्त गरेका थिए।

यससँगै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भई बिहीबार नै शपथ लिइसकेका छन्। यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति बदर गरी आफूलाई मुख्यमन्त्रीका रुपमा काम गर्न दिन परमादेश माग गरेका छन्।

संविधानबमोजिम पदमुक्त हुने कुनै पनि व्यवस्था आफ्नो हकमा लागू नहुने दाबी कार्कीले रिटमा गरेका छन्। संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश प्रमुख खापुङले हिक्मत कार्कीलाई पनि यही उपधारा अनुसार नियुक्त गरेका हुन्।

रिटमा सरकारको निर्माण र अन्त्यको नियमन गर्ने संवैधानिक व्यवस्थालाई निष्प्रभावी बानाउने उद्देश्यका साथ प्रदेशसभाबाट वैशाख ७ मा पारित संकल्प प्रस्ताव पनि बदर गर्न माग गरिएको छ। रिटमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री हिक्मत कार्कीसहित संकल्प प्रस्तावका प्रस्तावक र समर्थकलाई विपक्षी बनाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP