काठमाडौं : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरु बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताए। उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरुलाई आग्रह गरे।
उनले दलका नेताहरुले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभई दलको स्वार्थभन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए। उनले दलभन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गरे। उनले वर्तमान सरकारले भौतिक प्रगतिको रूपमा राम्रो उपलब्धि पाउने प्रतिबद्धता जनाए।
उनले भने, ‘यहाँ एउटै विचारका साथीहरु हुनुहुन्न। विभिन्न विचारका साथीहरु हुनुहुन्छ। विकासको मामिलामा हामी राजनीतिक कुराहरु धेरै गर्दैनौँ। राजनीति हामीले ५ वर्षमा ६ महिना गर्दा पुग्दो रहेछ। संघ र प्रदेशको चुनावताका, ६ महिना तयारीका लागि र स्थानीय तहको निर्वाचनको बेलामा ४ महिना। बाँकी समय त विकास मिलेर गर्दा हुँदो रहेछ। हामीले काम गर्दा हुन्छ। पार्टीका नेताहरुले पार्टीका कुरामात्रै गर्ने होइन। हामीले पार्टीको स्वार्थ भन्दा माथि उठेर जब हामी सोच्दैनौँ, देश अघि बढाउन सक्दैनौँ। हामीले विद्वान साथीहरुसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ। दोस्रो पटक म पनि भौतिक मन्त्रालयमा आएको छु। कामको गति बढाउँदै छौँ। विश्वास छ यस वर्ष यस सरकारले भौतिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त गर्नेछ।’
उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए। उनले नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको दाबी गरे।
उनले राजाको पालामा धेरै विकास हुने र बहुदल आइसकेपछि विकास नभएको भन्नेकुरा सत्य नरहेको बताए। पार्टीका नेताहरुलाई गाली गरेर मात्रै आत्मसन्तुष्टि लिनु भन्दा साँच्चिकै विकास भएको छ कि छैन? भन्नेबारेमा सत्य जानकारी प्रश्तुत गर्नुपर्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया