Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

सरकारले प्रतिपक्षलाई पेल्यो, संसदीय दलबाट थप निर्णय लिन्छौँ : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सरकार आफैँ संसद पनि चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा काँग्रेस नेताहरुले सो निष्कर्ष निकालेका हुन्।

बैठकले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आगामी वैशाख ३१ गते (सोमवार) अपरान्ह १ बजे पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ। सरकारले संसद् पनि चल्न नदिने र उपप्रधानमन्त्रीमाथि छानविनका लागि संसदीय समिति पनि बन्न नदिने रवैया बिरुद्ध कसरी प्रश्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए।

बैठकमा नेताहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणको लागि छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेका थिए।

महामन्त्री थापाले भने, ‘पार्टी सभापति, पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा अहिलेको संसदमा भईरहेको गतिरोध अरु विभिन्न विषयहरुको बारेमा हामीले छलफल ग¥यौं। र हिजो संसदमा हामीहरुले सभामुखसँग पनि र अन्य दलहरुसँग पनि छलफल गरेर संसदको गतिरोध पनि अन्त्य होस्। हामी चाहिने भन्दा बढी लचकदार भइरहेका छौं। हामीले लामो समयदेखि भनिराखेको गृहमन्त्रीजीले बोल्न पाउनुपर्छ भनेपछि उहाँले बोल्नु पाउनुपर्छ। उहाँले बोलेको कुरा सुन्ने भन्दैगर्दा जब्बरजस्ती कार्यसूचिमा प्रवेश गराउने काम भयो। यो सबै कुराले जसरी भएपनि यो संसद पनि चल्न नदिने, छानविन समिति पनि बनाउन नदिनेतर्फ नै सरकार उद्धत भएको भन्ने हाम्रो छलफलको आज निष्कर्ष जस्तो सबैको त्यो रह्यो।’

नेपाली कांग्रेसले शुक्रबार बसेको बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भुमिका निर्वाह गरेको भन्दै सभामुख देवराज घिमिरेको पनि आलोचना गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP