काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
त्यस्तै बैठकले १६ औँ पञ्चवर्षीय योजना पनि पारित गरेको छ । बैठकपछि निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औँ योजना पनि पारित गर्ने निर्णय गरेको बताउनुभयो ।
सङ्घीय संसदअन्तर्गत आज संयुक्त बैठक बस्दैछ । आजको बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया