काठमाडौं : सरकारले नीति अनुसन्धान विकास प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गरेको छ। बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठकले शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले न्यूनतम परिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्तासमेत रहेका सूचना तथा संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्तै, दुई सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ। मन्त्रिपरिषद्ले लोकनाथ पौडेल र राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको हो। पौडेल मधेश प्रदेशको कायममुकायम सचिव रहेका थिए भने मिश्र नेपाल कृषि वन सेवा समूहीकरणअन्तर्गत कार्यरत थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया