Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

एमाले सर्लाहीका अध्यक्षमा साह निर्वाचित

सर्लाही : नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी गणेशप्रसाद प्रसाईलाई १२ मतको झिनो अन्तरले पराजित गर्दै साह अध्यक्षमा चुनिएको हो।

साह २८० मतसहित अध्यक्षमा निर्वाचित हुँदा प्रसाईले २६८ मत पाए। अध्यक्षका अर्का उम्मेदवार जयप्रकाश यादवले भने २० मत पाए। नेकपा एकीकृत समाजवादी गठन भएपछि एमालेका तत्कालीन जिल्ला अध्यक्ष रेवती पन्त समाजवादीमा गएपछि साह एमालेको जिल्ला अध्यक्ष मनोनीत भएका थिए।

अहिले नवौँ जिल्ला अधिवेशनबाट साह अध्यक्षमा निर्वाचित भए। त्यस्तै उपाध्यक्ष, सचिव र दुईजना उपसचिवमा पनि साह प्यानलकै नेता विजयी भए।

उपाध्यक्षमा २६२ मत पाई विदुरकुमार प्याकुरेल निर्वाचित भए। प्याकुरेलका प्रतिस्पर्धी पार्वती विश्वकर्माले १७१ र प्रकाश थापाले १२१ मत पाए। सचिवमा १७७ मतसहित डिल्लीप्रसाद अधिकारी निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरू बलराम पोखरेलले १३९, सुनिल श्रेष्ठले १३१ र चूडामणि वाग्लेले ८६ मत पाए।

उपसचिव खुलामा बलराम यस्माली मगर २१७ मत ल्याई निर्वाचित भए। यस्मालीका प्रतिस्पर्धीहरू मोहन भण्डारीले १०२, अजयकुमार सिंहले १०१, सन्तोष आचार्यले ७१, लक्ष्मण साह कलवारले १८ र सञ्जीवकुमार सिंहले १७ मत पाए। उपसचिव महिलातर्फ २६३ मत पाई विभा नेपाल निर्वाचित भइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP