काठमाडौं : देशभर सवारी दुर्घटनाबाट बर्सेनि २५ सय मानिसको ज्यान जाने गरेको छ।
मानवीय तथा प्राविधिक त्रुटी र जोखिमयुक्त सडकका कारण हुने सवारी दुर्घटनामा गत पाँच वर्षमा १४ हजार ७ सय ३४ जनाले ज्यान गुमाइसकेका छन्। गत वैशाखमा मात्रै सवारी दुर्घटनामा १८१ जनाले ज्यान गुमाउँदा चालु आर्थिक वर्षका १० महिनामा १९ सय ३२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको तथ्यांक प्रहरीसँग छ।
१७ हजार ६ सय ६९ सवारी दुर्घटनामा उनीहरुको ज्यान गएको हो। २७ हजार ६३८ सवारी साधन दुर्घटनामा पर्दा ४ हजार ६०७ जना गम्भीर घाइते भएका थिए भने १८ हजार ९०७ जना साधारण घाइते भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं एससएपी दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा सबैभन्दा बढी काठमाडौँ उपत्यकामा १३ हजार २१८ वटा सवारी साधन दुर्घटनामा परेका छन्। मधेश प्रदेशमा ६ हजार ४४०, कोशीमा ३ हजार ५२४, बागमतीमा १ हजार ५७१, लुम्बिनीमा १ हजार १५४, कर्णालीमा १ हजार ४९, गण्डकीमा २ सय ८४ र सुदूरपश्चिम प्रदेशमा २८४ सवारीसाधन दुर्घटनामा परेका प्रहरीले जनाएको छ।
गत आर्थिक वर्ष देशभर २३ हजार ५ सय ९७ सवारी दुर्घटनामा ३७ हजार ३ सय ९२ सवारीसाधन परेका थिए भने २ हजार ३ सय ६८ जनाको ज्यान गएको थियो । सवारी दुर्घटना र त्यसको क्षति न्यूनीकरणका सम्बन्धमा आवश्यक व्यवस्थाका लागि संघीय संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।
१० औं पटक संशोधन भएर पनि समस्यालाई सम्बोधन गर्न नसकेको प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई पुनरावलोकन गरी सडक सुरक्षासम्बन्धी र सवारी साधन सञ्चालन, यातायात सूचनासम्बन्धी प्रभावकारी व्यवस्थासहित संघीय संरचना अनुरूपको वर्तमान समस्या र चुनौती सम्बोधन गर्ने विधेयकहरू तत्काल संसदमा पेश गर्नका लागि प्रस्ताव दर्ता गराउनुपरेको प्रस्तावक सांसद सोनाम ग्याल्जेन शेर्पाले बताए।
सडक दुर्घटनामा परी घाइते भएका नागरिकको उपचारको विषयलाई स्वास्थ्य बिमाको अंगका रूपमा व्यवस्था मिलाउन, सडक दुर्घटनामा परी अपाङ्गता भएका नागरिकको जीवन निर्वाहका लागि रोजगारीमा प्राथमिकता तथा आर्थिक वृत्तिको प्रबन्धको लागि संसदमा छलफलको आवश्यकता रहेको प्रस्तावमा औँल्याइएको छ । सत्ता र प्रतिपक्षले संसद बन्धक बनाउँदा राष्ट्रिय सभामा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल शुरु हुन सकेको छैन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया