Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार भएको बताएका छन्। काठमाडौंमा शुक्रबारबाट शुरु भएको १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले विधिसम्मत न्याय प्रणालीबाट नै देशमा सुशासन र अमन चयन कायम हुने कुरालाई बिर्सिन नहुने बताए। उनले सच्चा न्यायका लागि स्वतन्त्रताको आवश्यक हुने र सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्ने बताए।

उनले लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने पनि बताए। राष्ट्रपति पौडेलले बार र बेन्च बीचमा बेला बेलामा छलफल र अन्तरक्रिया हुने गरे सही प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे।

उनले न्याय आफैँ हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभई यो गरिने विषय भएको पनि बताए। उनले न्याय दिने, दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्ममै प्रतिविम्वित हुनुपर्ने बताए। उनले न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई चुस्त बनाउन जरुरी रहेको पनि बताए।

उनले भने, ‘न्याय भनेर मात्र पनि पुग्दैन। यो देखिनु, सुनिनु, बुझिनु र महशुस गरिनुपर्छ। संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति सचेत हुन निर्देश गर्दछ।

यसको सच्चा पहरेदार नेपाल बार एसोसिएसनसँग आबद्ध विद्वान कानुन व्यवसायी हुन् भन्ने विश्वास छ।

उनले भने, ‘न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो। विभिन्न अभाव र समस्याले बोझिल न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई चुस्त बनाउन जरुरी छ। न्याय दिने, दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्ममै प्रतिविम्वित हुनुपर्छ। न्याय आफैँ हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभई यो गरिने विषय हो।’

राष्ट्रपति पौडेलले विधिको पूर्ण पालनाबाट न्यायपूर्ण ऋतिस्थिति बसाल्न कानुन व्यवसायीहरुको अग्रणी भूमिका हुने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP