Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन बनेको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक सुरु

काठमाडौं : सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको मस्यौदाका लागि कार्यदलको बैठक सुरु भएको छ।

बैठक सिंहदरबारमा कानुन मन्त्रालयमा सुरु भएको हो। कानुनमन्त्री पदम गिरीको संयोकत्व रहेको कार्यदलमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल छन्।

बैठकले समितिको कार्यादेशबारे थप छलफल गरेर टुंगोमा पुर्‍याउने जनाइएको छ। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष र प्रतिपक्षबीच हिजो सहमति भएको थियो।

हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकले यस्तो समितिका बनाउनका लागि सहमति गरेको गरेको हो।

कांग्रेसले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा समिति गठन गर्नुपर्ने माग गर्दै संसद्‌मा अवरोध गर्दै आएको छ।

कांग्रेसको अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित गरिएको थियो।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP