काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक केहीबेरमा बस्नेगरी संसद् भवनमा बोलाइएको हो।
आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको साझा धारणाको तयारीका लागि देउवाले प्रतिपक्षी दलको बैठक बोलाएका हुन्।
कांग्रेसले सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै यसअघिका संसद् बैठक अवरुद्ध गर्दै आएको थियो। तर शनिवार गृहमन्त्रीको नाम नै नलिई सहकारी ठगीबारे छानबिन गर्न संसदीय समिति गठन गर्न सत्तापक्षका दल सहमत भएका थिए। समितिको कार्यादेश टुंगो लगाउन एमालेका नेता तथा कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको छ।
यस्तो परिस्थितिमा प्रतिपक्षी दलहरू कसरी अगाडि बढ्ने भन्ने विषयमा धारणा बनाउन देउवाले बैठक बोलाएको कांग्रेसका एक नेताले जानकारी दिए।
यता साढे १० बजे सभामुख देवराज घिमिरेले पनि दलरूका प्रमुख सचेतकसँग छलफल गर्दै छन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया