Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

ओलीको तीन दिने झापा बसाइ : ‘बा’सँग बालबालिकादेखि कपडा उद्योग उद्घाटनसम्म

झापा : हिजो झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पूर्व पश्चिम एसियन हाइवेको पूर्वी खण्ड शिलान्यास गर्दै छन्।

अध्यक्ष ओलीले बिहान ११ बजे कमल गाउँपालिकाको पाडाजुँगीमा हाइवेको शिलान्यास गर्ने कार्यक्रम रहेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए। दुईलेनको पूर्व पश्चिम राजमागलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार चार लेन बनाउने काम अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला सुरु गरिएको थियो।

आज शिलान्यास हुने काँकडभिट्टा –लौकही खण्ड ९५ किलोमिटर रहेको छ। यो सडक एसियाली विकास बैँकको सहयोगमा आगामी तीन वर्षमा सम्पन्न हुने गरी निर्माण सुरु भएको हो। शिलान्यास कार्यक्रममा उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठ पनि झापा जाँदै छन्।

अध्यक्ष ओलीले आजै झापा क्षेत्र नं ४ को शिवगञ्ज–मदगाछ खण्डको कन्काई पुलको पनि शिलान्यास गर्ने कार्यक्रम छ।

दिउँसो १ बजे यो पुलको शिलान्यास हुने सांसद लालप्रसाद साँवा लिम्बुले जानकारी दिए। अध्यक्ष ओलीले आजै आफ्नो क्षेत्र गौरीगञ्ज स्थित चर्चित कपडा उद्योग केटीएम सिटी उद्योगको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष ओलीले भोलि एमाले दमक नगर कमिटीको अधिवेशनको उद्घाटन गर्नेछन् । भोलि नै मोरङको सुन्दरहरैँचा नगरपालिकामा एक सडकको शिलान्यास गरेर सुनसरीमा निजी क्षेत्रबाट खोलिएको अस्पताल उद्घाटन गर्ने कार्यक्रम रहेको छ। हिजो विराटनगर हुँदै गृहजिल्ला झापा पुगेका ओली बासँग बालबालिका कार्यक्रममा सहभागी भए। उनले सामाजिक सञ्जालमा श्रीमती राधिकासँगै झापा घरमा रहेको बताएका छन्।

अध्यक्ष ओलीले भोलि नै विराटनगर पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गरेर काठमाडौं फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP