Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति शुरु

रासस
काठमाण्डौ – एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति शुरु भएको छ । हिजो नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्तरोन्नति कार्यको शिलान्यास गर्नुभएको हो । कमल गाउँपालिका–५ को पाडाजुँगी चोकमा भएको शिलान्यास कार्यक्रममा उहाँले विदेशमा जस्तै चार लेनका चिल्ला र ठूला राजमार्ग अब नेपालमै देख्न पाइने बताउनुभयो ।

शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सम्झौतामा उल्लेख भएकै तीन वर्ष अवधिमा एसियाली राजमार्गको निर्माण सम्पन्न हुने बताउनुभयो । भारत सरकारले पूर्वपश्चिम राजमार्गको प्रस्थानविन्दु काँकडभिट्टाको पाँच मिटरभित्रसम्म एसियाली राजमार्गको निर्माण दुई वर्षअघि नै गरिसकिएको छ भने मेची नदीमा नयाँ पुल पनि बनिसकेको छ ।

अब काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ दशमलव ७६ किलोमिटर सडकको स्तरोन्नति कार्यको सुरुआत भएको छ । ‘एएचटु’ नाम दिइएको यो अन्तरदेशीय राजमार्ग एसियाली विकास बैंकको सहयोगमा बन्ने भएको हो ।

सडक विभागको आयोजना निर्देशनालय (एडिबी) मातहत निर्माण हुने यस राजमार्गलाई दुई खण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताउनुभयो । काँकडभिट्टादेखि केरखासम्मको ४५ किमी लम्बाइ भएको पूर्वी खण्ड रहेको छ भने केरखादेखि इटहरीसम्मको ५० दशमलव ७६ किलोमिटर पश्चिम खण्ड रहेको छ ।

अन्तिम अपडेट: जेठ १०, २०८१

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP