Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

सिरोहिया निर्दोष छन्, रविमाथि छानबिन समिति नबनेसम्म सदन चल्दैन : नेता निधि

काठमाडौँ : नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन्।

बिहीवार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गरे। उनले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा काँग्रेसले शुक्रवार काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्ने बताए।

उनले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको दावी गरे। उनले अध्यक्ष सिरोहियाका साथमा नेपाली काँग्रेस र सबै नेपाली रहेको भन्दै उनको पक्राउको विरुद्धमा काँग्रेस रहेको बताए। उनले सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रूपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने बताए। सिरोहियामाथिका आरोप निराधार र त्रुटिपूर्ण रहेको बताए।

नेता निधिले भने, ‘सरकारले कैलास सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको छ। अनावश्यक दुःख दिएको छ। उहाँलाई जनकपुरमै ल्याइएको छ। उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ, उहाँलाई भेट्न आएको हुँ। उहाँप्रति ऐक्यबद्धता प्रकट गर्न आएको छु। हामी कैलास सिरोहियाका साथमा छौँ। दुईवटा नागरिकता केसमा बदर भइसकेको छ। उहाँमाथिको आरोप निराधार छ। कानूनी र व्यवस्थापकीय कारणले फरक फरक देखिएको छ, कीर्ते होइन।’

नेता निधिले सरकार तानाशाही, अधिनायकवादी र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेकाले त्यसको विरुद्ध शान्तिपूर्ण संघर्ष अघि बढाउने चेतावनी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP