Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

मापदण्ड पूरा गरेर मात्रै जार र बोतलको पानी बेच्न निर्देशन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले मापदण्ड पूरा गरेर मात्रै जार र बोतलको पानी विक्री वितरण गर्न पानी प्रशोधन गर्ने उद्योग, व्यवसाय, आपूर्तिकर्ता र बिक्रेतालाई निर्देशन दिएको छ। महानगरपालिकाले आज (बिहीबार) सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

महानगरपालिकाका अनुसार काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विभिन्न पसलमा पिउने प्रयोजन र विक्रीका लागि राखिएका जार तथा बोतल कुचिएका, टुटेफुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका साथै राम्रोसँग सिल समेत नगरिएको गुनासो महानगरपालिकामा प्राप्त भएको छ। यसमा महानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘यसरी आम नागरिक (उपभोक्ता)को स्वास्थ्यमा खेलवाड हुनसक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरू एवं काठमाडौं महानगरपालिकाको सहकार्य हुन आवश्यक देखिन्छ, प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ मा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी तथा विक्री वितरणको प्रबन्ध मिलाउन सम्बन्धित सबैमा अनुरोध छ’, सूचनामा उल्लेख छ।

महानगरपालिकाले मापदण्डले तोके बमोजिम भए नभएको निरीक्षण गर्ने कार्यक्रम रहेको र यसको लागि सबैमा सहयोगका लागि अपिल पनि गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP