Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

सरकार पेलेरै जान्छ भने चुनौती सामना गर्न कांग्रेस तयार छ : सिटौला

काठमाडौं : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए काँग्रेसल चुनौती सामना गर्न तयार रहेको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताए। उनले जनतका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिटै सकिने जिकिर गरे। उनले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउनुपर्ने बताए।

उनले काँग्रेससहितका प्रतिपक्ष दलहरुले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न काँग्रेस तयार रहेको बताए। सरकार पेलेर जाने हो भने काँग्रेस सहेर नबस्ने चेतावनी दिए।

उनले काँग्रेसले आफू मात्रै अन्याय भएको महशुस नगरेको भन्दै आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको बताए।

उनले भने, ‘सरकारले जनताको हितमा काम गर्नुपर्छ। संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ। प्रतिपक्षले जनताको आवाज जनतालाई संविधानले दिएको अधिकारको कुरा प्रतिपक्षले संसदमा निरन्तर उठाउनुपर्छ। प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिद्धियो। सरकारले जनताको हितमा काम गरेन, सरकार सिद्धियो। प्रतिपक्षले प्रतिपक्षमा नेपाली काँग्रेस बाहेकका केही दलहरु पनि छन्। प्रतिपक्षले संसदमा जनताका आवाज उठाइरहेको छ। आवाज बुलन्द गरेको छ। सरकारले यसलाई छिटै गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्छ। सरकार पेलेरै जान खोज्छ भने पेलेर जाने प्रवृत्तिलाई हामीले त्यो चुनौतिलाई सामना गर्नेछौँ।’

नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानून नै बन्न नसकेको बताए। उनले कानून संघीय संसद बनाउनुपर्ने भए पनि प्रदेश लक्षित बन्न नसकेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP