Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील

काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयले आफ्नो उद्देश्य प्राप्तिका लागि अध्यक्ष राष्ट्र नेपालसँग सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ।

सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र सिद्धान्त प्राप्तिमा नेपालसँग सहकार्य गरिरहेको बताएको हो। सार्कका महासचिव गोलाम सरवारको हालैको पाकिस्तान र भारत भ्रमण सम्बन्धमा प्रेस विज्ञप्ति जारी गरेर सचिवालयले यस्तो बताएको हो।

हालै महासचिव सरवारले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सेहेवाज सरिफसँग शिष्टाचार भेट गरी सार्ककका प्रगति एवं गतिविधिबारे जानकारी गराएका थिए। पाकिस्तानका प्रधानमन्त्रीले १९औँ सार्क सम्मेलन यथाशक्य चाँडो गर्ने चाहना व्यक्त गरेको सचिवालयले जनाएको छ।

यसैगरी महासचिव सरवारले भारतका बाह्य मामिला राज्यमन्त्री राजकुमाररञ्जन सिंह, विदेशसचिव विनयमोहन क्वात्रा, अर्का सचिव जयदीप मजुमदार तथा विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलाई बेग्लाबेग्लै भेटेर सचिवालयका गतिविधिबारे जानकारी दिए।

यो अवसरमा भारतीय नेतृत्व तथा अधिकारीहरूले सार्क प्रक्रियाप्रति समर्थन जनाउँदै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP