Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २७ साउन ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाले विकासकाे अवस्था, लामो समयदेखि पानी नपर्दा कृषि क्षेत्रमा परेको असर, सिँचाईको समस्या तथा सुख्खाका कारण किसानले भोग्नु परेको समस्याबारे प्रदेश सरकारका मन्त्रीहरूलाई जानकारी गराएकाे छ ।

बुधबार विजयनगर गाउँपालिकामा आएका लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसी प्रसाद चौधरी र सामाजिक विकास मन्त्री सन्तोष कुमार पाण्डेलाई गाउँपालिकाकाे समग्र अवस्थाबारे जानकारी गराइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले यस वर्ष लामो समयसम्म वर्षा नहुँदा विजयनगरमा ४० प्रतिशत भन्दा बढी क्षेत्रमा धान रोपाई हुन नसकेको र रोपाई भएका खेतमा समेत धान सुक्न थालेको जानकारी गराए । अब वर्षा भए पनि ढिला भएकाले अपेक्षित उत्पादन हुन नसक्ने अवस्था रहेको भन्दै उनले विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न आग्रह गरे ।

गाउँपालिकाको अवस्थाबारे जानकारी पाएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसीप्रसाद चौधरीले विजयनगरमा सिँचाइको सम्भाव्यता अध्ययन गरी योजना बनाएर अघि बढ्नुपर्ने बताए । उनले सुरई खोला र चिरई खोलाबाट लिफ्ट सिँचाइको पहल गर्नुपर्ने तथा सिँचाईको मुख्य मेरुदण्डका रूपमा रहेको राजकुलोको सरसफाई र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

त्यस्तै सामाजिक विकास मन्त्री सन्तोषकुमार पाण्डेले विजयनगर गाउँपालिका-७ मा अलपत्र अवस्थामा रहेको खानेपानी आयोजनालाई व्यवस्थापन तथा सञ्चालनका लागि आवश्यक पहल गर्ने बताए । मन्त्रीहरूले कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीलाई विजयनगरको सिँचाइ, कृषि अवस्था, क्षति तथा आवश्यकतासम्बन्धी विवरण मन्त्रालयमा पठाउन आग्रह गरेका छन् ।

विजयनगरको समग्र अवस्थाबारे प्रदेश सांसद जानकी प्रसाद यादव, वडा नम्बर ७ का वडा अध्यक्ष दिनेशकुमार चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान तथा कृषि शाखा प्रमुख राम सुन्दर मालीले समेत मन्त्रीहरूलाई जानकारी गराएका थिए ।

लामो समयसम्म पानी नपर्दा धानबाली प्रभावित भएपछि किसानलाई राहत तथा कृषि क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउन प्रदेश सरकारबाट आवश्यक पहल गरिने मन्त्रीहरूले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP