Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २७ साउन ।

लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खेतबारी सुक्दै गएको र भूमिगत पानीको सतहसमेत घट्दै गएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सबै डीप बोरिङ अर्को सूचना जारी नभएसम्म बन्द गर्न निर्देशन दिएको छ ।

गाउँपालिकाले जारी गरेको आधिकारिक सूचनामा वर्षायाममा समेत पर्याप्त वर्षा हुन नसक्दा मनसुनजन्य खेती प्रभावित भएको उल्लेख छ । खेतीका लागि डीप बोरिङको अत्यधिक प्रयोग हुँदा भूमिगत जलस्रोतको दोहन बढेको र कतिपय बस्तीमा खानेपानीको आपूर्तिमा समेत समस्या देखिन थालेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा मगरले भूमिगत पानीको संरक्षण र नागरिकको खानेपानीको आवश्यकता दुबैलाई ध्यानमा राखेर डीप बोरिङ सञ्चालन रोक्ने निर्णय गरिएको बताएका छन् । खेती जोगाउन भूमिगत पानीको प्रयोग बढाउँदै जाँदा भोलिका दिनमा खानेपानीकै संकट गहिरिन सक्ने भएकाले अहिले नै जलस्रोत संरक्षणमा संवेदनशील हुनुपर्ने उनको भनाई छ ।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले भूमिगत जलस्रोतको संरक्षण, संवर्द्धन तथा खानेपानीको उपलब्धता र सन्तुलन कायम गर्न डीप बोरिङ बन्द गर्न सम्बन्धित सबैलाई सूचना जारी गरिएको बताए । उनका अनुसार गाउँपालिकाको निर्णयको पालना गर्दै जलस्रोत संरक्षणमा सबै व्यक्ति, संस्था, किसान तथा सरोकारवालाको सहयोग आवश्यक छ ।

पानी नपर्दा किसानको खेतमा धाँजा फाट्दैछ, खेत जोगाउन भूमिगत पानी तान्दा जमिनमुनिको पानी पनि घट्दैछ । यस्तो दोहोरो संकटबीच गाउँपालिकाले तत्कालका लागि डीप बोरिङ बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले अर्को सूचना जारी नभएसम्म क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण डीप बोरिङ सञ्चालन नगर्न आग्रह गर्दै भूमिगत जलस्रोतको संरक्षण तथा खानेपानीको सहज आपूर्तिमा सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

अध्यक्ष थापा र प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माद्वारा जारी आधिकारिक सूचनामा “डीप बोरिङ बन्द गर्ने सम्बन्धमा सूचना” जारी गर्दै यस्तो निर्णय सार्वजनिक गरिएको हो ।

CamScanner 12-08-2026 17.59

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP