Trending
flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक

अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

भदाैँ १ ।

आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई छोड्ने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासले भर्खरै परमादेश जारी गरेको हो ।

श्रेष्ठको पक्राउ गैरकानुनी भएको बताउँदै श्रीमती सरस्वतीले साउन २८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । साउन २९ गते न्यायाधीश ढकालको इजलासमा सुनुवाइ भएकोमा बरामद भएका उपकरणसहित श्रेष्ठलाई आज अदालत उपस्थित गराउने आदेश भएको थियो ।

श्रेष्ठको तर्फबाट आज १७ जना कानुन व्यवसायीले बहसमा भाग लिएका थिए । उजुरीकर्ता आफैंले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरबारे समाचार बनाउँदा कसरी वैयक्तिक गोपनीयता हनन भयो ? भनि उनीहरुले प्रश्न गरेका थिए । यता, न्यायाधीशले सरकारी वकिललाई पनि सोही प्रश्न सोधे ।

सुनुवाइपछि उनलाई छोड्ने आदेश दिइएको हो । जनआस्था अनलाइनले अघिल्लो साताको सोमबार एक माननीय र युवतीले चुम्बन गरिरहेको तस्बिरसहित समाचार प्रकाशित गरेको थियो । सो तस्बिर युवतीकै फेसबुकबाट सार्वजनिक भएकोमा उनले वैयक्तिक गोपनीयता हननको जाहेरी दिएकी हुन् ।

साउन २७ गते राति प्रहरीले श्रेष्ठलाई ललितपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । पक्राउपछि काठमाडौं प्रहरी परिसर लगिएका उनलाई साउन २९ गते प्रहरी वृत्त, महाराजगञ्ज सारिएको हो ।

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP