Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुर र बर्दियामा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : भक्तपुर र बर्दियामा भएको सवारी साधान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शुक्रबार राति भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

दुर्घटनामा परी काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भई काठमाडौंको कलंकी बस्दै आएका २२ वर्षीय मिलन तामाङको मृत्यु भएको हो। जगातीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०३० प ०१६८ नम्बरको मोटरसाइकललाई प्रदेश नम्बर ३-०१-००३ क ७८५१ नम्बरको टिपरले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।

यस्तै‚ बर्दियाको बाँसगढी नगरपालिकामा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। बाँसगढी-३ स्कुलचोकमा भे १० प ५० ६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक ३५ वर्षीय तिलक थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP