कृष्णनगर, ९ बैशाख ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बसपार्क क्षेत्रबाट प्रहरीले १४ किलोभन्दा बढी लागू औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ ।
मंगलबार साँझ करिब ७ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरको कमाण्डमा खटिएको सादा पोशाकसहितको टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको शरीरका विभिन्न भाग तथा साथमा रहेको झोलामा लुकाइछिपाइ राखिएको शुद्ध तौल १४ केजी ४२७ ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको छ ।
पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका-६ का ३४ वर्षीय नकुल घर्ती मगर, बागलुङ निसीखोला गाउँपालिका-९ की ३७ वर्षीय दिल कुमारी घर्ती मगर, बागलुङ निसीखोला गाउँपालिका-६ की ३७ वर्षीय मनिषा घर्ती मगर तथा रुकुम पूर्व भूमे गाउँपालिका-१ की ४० वर्षीया दिलकुमारी घर्ती रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको तथा लागू औषध मुद्दामा म्याद थप गर्ने तयारी भइरहेको प्रहरी नायब निरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया