Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कर्मचारीलाई १० दिनको पर्यटन काज बिदा तत्कालै लागू गर्न होटल सङ्घकाे माग

काठमाण्डाै – होटल सङ्घ नेपाल (हान) ले आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरू अझै कार्यान्वयनमा आउन नसकेको भन्दै चिन्ता जनाएको छ । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीलाई बधाई तथा शुभकामना दिन आज आइतवार भएको कार्यक्रममा हानले कोरोना महामारीबाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको पुनरुत्थानका लागि महत्त्वपूर्ण भूमिका खेल्न आग्रह पनि गरेको छ ।

कार्यक्रममा हानकी अध्यक्ष सृजना राणाले आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरू अझै कार्यान्वयनमा आउन नसकेको हुँदा विशेष अभिभावकीय भूमिका निर्वाह गर्दै अन्य निकायसँग पहलकदमी गरिदिनका लागि महानिर्देशकसँग आग्रह गर्नुभयो ।

सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन पहल हुनुपर्ने लगायतका माग पनि हानले राखेको छ । महानिर्देशक अधिकारी समक्ष हानले यस्ता माग राखेको छ– 
– वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटलहरूलाई संक्षिप्त वातावरणीय अध्ययन गरिन बाध्यकारी बनाइने गरी नियम लागू भएको हुँदा पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटलहरूलाई सान्दर्भिक नदेखिएकाले यो परिस्थितिमा यस प्रकारको नियम लागू नहुनका लागि पहलकदमीका लागि अनुरोध गर्दछौँ । 
– पर्यटन उद्योगलाई सहज र सरल बनाइ प्राथमिकताको उद्योग बनाउन दर्ता कर, शुल्क, नवीकरण आदिका लागि झन्झटिलो प्रक्रिया रहेको हुँदा यसलाई पर्यटनको तालुकदार निकाय पर्यटन विभागमार्फत गरिन सके दिगो पर्यटनलाई टेवा मिल्छ ।
– पर्यटन तथा होटल उद्योगका लागि बेला–बेलामा संशोधन हुने नियम, कानुन तथा निर्देशिकाहरू सरोकारवाला निकायहरूसँग छलफल तथा समन्वय गरी कार्यान्वयनमा ल्याइँदा फलदायी हुन्छ ।
– पर्यटनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचना पर्यटन विभागमार्फत सम्बन्धित निकायमा सम्प्रेषण हुँदा आधिकारिकता प्रस्तुत भइ कार्यान्वयनमा सहज हुन्छ ।
– आधिकारिक सूचनाहरू पर्यटन विभागको वेबसाइटमा राखिनुपर्छ ।
– तथ्याङ्कहरू आदान प्रदानमा सहज हुन्छ ।

सङ्घका कार्यसमिति सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रममा महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गर्दै विभागसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP