पाल्पा – पाल्पा बुटवल सडक खण्ड आजदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड आउँदो पुस १३ गतेसम्म दैनिक ७ घण्टा बन्द हुने भएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाले सूचना निकालेर आजदेखि पुस १३ गतेसम्म राति साढे नौ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द हुने जनाएको छ ।
चौडा बनाउन र पहाड कटानका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालयको भनाइ छ । सिद्धबाबा–झुम्सापुल र कालीमाटी–गौडेपुलसम्म काम भइरहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया