काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर दुई सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार नौ सय ९४ जनाको नमुना परीक्षण गरेकोमा पीसीआर परीक्षणबाट दुई सय ५२ जना र एन्टिजेन परीक्षणबाट २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका सङ्क्रमितमध्ये काठमाण्डाै उपत्यकामा एक सय १८ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाण्डाैमा ८९, ललितपुरमा २० र भक्तपुरमा नाै जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय जना कोरोना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर पाँच हजार ६ सय ३५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै कोरोना सङ्क्रमणका कारण ६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय २३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया