Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

यी भूभागमा शुक्रबार र शनिबार वर्षा र हिमपातको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान महाशाखाले शुक्रबार (भोलि) केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।महाशाखाले बिहीबार मौसमबारे जानकारी दिँदै वर्षा र हिमपात हुने बताएको हो।

महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसममा आंशिकदेखि सामान्य परिवर्तन हुने तथा बाँकी भूभागमा आंशिक परिवर्तन रहनेछ। 

त्यस्तै, सुदूरपश्चिम प्रदेशका केही भूभागमा स्यार्र पानी पर्नसक्ने र प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हलुका हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य परिवर्तन हुने र बाँकी भूभागमा मौसम आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ।

आगामी शनिबार दिउँसो  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा र बाँकी पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य परिवर्तन हुने र बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हलुका हिमपातको सम्भावना रहेको जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP