तनहुँ – तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो । चितुवालाई अहिले डिभिजन वन कार्यालयमा उद्धारगृहमा राखिएका वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताए । चितुवाको स्वास्थ्य अवस्था सामान्य छ । घटनास्थलबाट फलामको पासो एक थानसमेत बरामद भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
निमित्त डिभिजनल वन अधिकृत संयोग बस्नेतको कमाण्डमा खटिएको टोलीले जोखिमपूर्ण अवस्थामा पोथी बयस्क चितुवाको उद्धार गरिएको पाल्पाका रेन्जर पोखरेलले बताए । उद्धारकार्यमा सहायक वन अधिकृत सिद्धान्त बराल र सवारी चालक लक्ष्मण घिमिरेले चितुवाको उद्धारकार्यको नेतृत्व गरेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया