Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

२४ घण्टामा २ सय ९३ जनामा काेराेना पुष्टि, २ लाख ८२ हजार जनाले खाेप लगाए

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप दुई लाख ८२ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप दुई लाख ८२ हजार ६ सय जनाले खोप लगाएसँगै नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ९८ लाख ३८ हजार दुई सय जनाभन्दा धेरै पुगेकाे छ । यस्तै एक करोड २६ लाख ७२ हजार चार सयभन्दा धेरै जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।

सरकारले अहिले १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइरहेको छ । बालबालिकालाई स्कुलमै पुगेर खोप दिने क्रम चलिरहेको छ । १८ वर्षमाथिका नागरिकलाई भने सरकारले पायक पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह गर्दै आएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६ सय २६ जनाको नमुना परीक्षण गर्दा दुई सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप दुई सय ६३ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख नौ हजार नौ सय २२ पुगेको छ । यही अवधिमा दुई जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८१ पुगेको छ । अहिले नेपालमा पाँच हजार एक सय ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP