Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

आज पनि मौसम बद्ली, भोलि र पर्सि पानी पर्ने सम्भावना

काठमाण्डाै – पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् । आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । यो प्रणालीका कारण देशका धेरै ठाउँमा भोलि र पर्सि पानी पार्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हिजैदेखि नेपालमा परेको छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली हुनेछ । आज तराईका जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन निकालेर तराईका विभिन्न ठाउँमा आंशिकदेखि सामान्य बद्ली रही हल्का वर्षा हुने जनाएको हो । हिजोदेखि सुरु भएको यो प्रणाली भोलि र पर्सि देशभर फैलने र देशभरका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

यो प्रणालीको प्रभावका कारण उच्च पहाडी र हिमाली क्षेत्रका धेरैजसो ठाउँमा हिमपात हुने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार बिहीवारदेखि भने यो प्रणाली क्रमिक रुपमा कमजोर हुँदै जाने छ।

यस्तै, मौसमविद्ले चिसोका कारण पर्वतारोहण, हवाई/यातायात र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP