काठमाडौं : तिनाउ दानव करिडोर सडक पीडित संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बुटवल उपमहानगरपालिकाले आफूहरूको माग सम्बोधनमा बेवास्ता गरेको भन्दै संघर्ष समितिले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो।
सडक निर्माणका क्रममा एक हजार पाँच सय भन्दा बढी घर विस्थापित हुने भन्दै संघर्ष समितिले ती परिवारलाई उचित व्यवस्थापन र क्षतिपूर्ति दिएर मात्र सडक निर्माण अघि बढाउन माग गरेको छ।
आन्दोलनका कार्यक्रम अन्र्तगत संघर्ष समितिले पुस २० गते नगरपालिका गेट अगाडि थाल ठटाएर प्रदर्शन, पुस २२ गते नगरपालिका गेट अगाडि अर्धनग्न प्रदर्शन र पुस २५ गते नगरपालिकाका वडा कार्यालयसहित नगरपालिकामा तालाबन्दी गर्ने सार्वजनिक गरिएको छ।
संघर्ष समितिका अध्यक्ष आत्मबहादुर रानाले माग सुनुवाइ नभएमा जनप्रतिनिधिलाई सामाजिक बहिस्कार गर्ने चेतावनी दिए। तिनाउ दानव करिडोर सडक क्षेत्रमा पर्ने सबै घर–टहरा तथा जग्गाका समस्या समाधान गरेर मात्र काम अघि बढाउनुपर्ने उनले बताए।
आयोजना शुरु हुनुपूर्व उपमहानगरपालिकाले सडक डिभिजन कार्यालयलाई करिडोर क्षेत्रमा जग्गासम्बन्धी कुनै विवाद नरहेको भनी झुटो पत्र पठाउँदा अहिले समस्या आएको अध्यक्ष रानाले बताए।
बुटवलको तिनाउ पुलमुनिबाट तिनाउ र दानव नदी छुट्टिने बिन्दुबाट सुरु भइ तिलोत्तमा र सैनामैना नगरपालिका हुँदै दक्षिणतर्फ भैरहवा–लुम्बिनी सडकलाई जोड्ने गरी यी दुई वैकल्पिक सडक बनाउने योजना छ। यसको चार अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया