Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कोरोना सङ्क्रमण दर फेरि ४ प्रतिशतभन्दा माथि, सक्रिय सङ्क्रमित ५ हजार जनाभन्दा धेरै

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा नौ हजार तीन सय २९ जनाको नमुना परीक्षण गर्दा तीन सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये चार दशमलव २१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्ला केही हप्तायता सङ्क्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि पाँच हजार नाघेको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलो पटक यही पुसको १० गते सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजारभन्दा तल झरेको थियो । तर आज सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ६३ जनासहित अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार नौ सय ३७ पुगेको छ । यस्तै थप तीन जनासहित सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय एक पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । थप तीन लाख १६ हजार जनासहित अहिलेसम्म एक करोड सात लाख १० हजार सात सय जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै एक करोड ४५ लाख ६४ हजार पाँच सय ३३ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP