Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान

जुम्ला – जुम्लामा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन अभियान थालिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटल लगायतका संरचना भत्काउन थालिएको छ ।

डिभिजन सड्क कार्यालय जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियान अन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका हुन् ।  नागरिक समाजका अध्यक्ष राजबहादुर महतका अनुसार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्रमण हटाउने परिणाममुखी काम शुरु भएको छ  । वर्षौं पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउने अनेक प्रयास गरे   पनि सफल नभएको तर अहिले आएर राम्रो काम भएको उहाँले बताउनुभयो ।  

सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले पहिलो चरणमा बसपार्क क्षेत्रको निर्माण सामाग्री हटाएको र नापी गरी सकेपछि सडक अतिक्रमण गरी बनाएका थप संचरना भत्काउने तयारी रहेको बताउनुभयो । नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिटर चौडा हुनु पर्ने व्यवस्था छ । त्यसमा एक मिटर फुटपाथका लागि छुटाइएको थियो । पछिल्लो समय फुटपाथ समेत अतिक्रमण गरेर घर टहरा, होटल बनेका छन् ।

अटेरी गरे एकहप्ता भित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाइ छ । जुम्ला बजार मात्रै नभइ तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहीमा पनि अतिक्रमण बढेकोले हटाउने अभियान गाउँ सम्म पुर्‍याइने सडक डिभिजनले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP