Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नागरिकता लिन गएका फुर्वाको जिल्ला प्रशासन कार्यालयमै मृत्यु

सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा सेवा लिन आएका एक सेवाग्राहीको ज्यान गएको छ। ज्यान जानेमा सोलु दुधकुण्ड नगरपालिका-८ केरुङका ६६ वर्षीय फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

आज (बुधबार) जिल्ला प्रशासनमा नागरिकता लिन गएका शेर्पा  त्यहीं नै बेहोस भएर ढलेको भएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्टराईले जानकारी दिइन्। शेर्पालाई तत्काल उद्धार गरि जिल्ला अस्पताल फाप्लु पुर्‍याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए।

शेर्पा नशालगायत विभिन्न समस्याका कारण केही समयदेखि फाप्लु अस्पतालमा उपचाररत थिए। तर आज आफन्तले अस्पतालको अनुमतिबिनै नेपाली नागरिकता बनाउन भन्दै जिल्ला प्रशासन पुर्‍याएको अस्पतालका सूचना अधिकारी विजयप्रकाश ठाकुरले जानकारी दिए।

उनका अनुसार मृतक शेर्पामा खुट्टा टेक्न नसक्नेलगायत अन्य समस्या देखिएको थियो। मृतकको शव अहिले जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ। करिब २७/२८ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका शेर्पाले हालसम्म नागरिकता नलिएको वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP