Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

पुनः श्रम स्वीकृतिमा अनलाइन अनिवार्य

काठमाडौं :  सरकारले वैदेशिक रोजगारीमा जानेलाई श्रमिकलाई थप सहयोग गर्नका लागि भन्दै पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट गर्ने भएको छ। २ मागदेखि पुर्ण रुपमा अनलाईन माध्यमबाट सेवा दिन लागेको वैदेशिक रोजगार विभाग ताहाचलले जनाएको छ। 

वैदेशिक रोजगार विभागले कोरोनाको महामारीलाई मध्यनजर गर्दै  पुस २०७७ देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन थालेको थियो। हाल  भौतिक उपस्थिति र अनलाईन दुबै माध्यमबाट  सेवा दिंदै आएको विभागले थप व्यवस्थित बनाउनका लागि अनलाईन मात्र  गर्न लागेको विभागका प्रमुख रमेश अर्यालले जानकारी दिए। 

अनलाईन सुरु गरेको १ वर्षपछि पुर्ण रुपमा अनलाइनमा जान लागेको हो। वैदेशिक रोजगार सम्बन्धी हरेक काम कारबाहीलाई थप सहज, छिटो र पारदर्शी बनाउन २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने व्यवस्था मिलाइएको प्रमुख अर्यालले बताए। उनले भने,‘बायोमेट्रिक गर्नेहरुले भौतिक उपस्थिति हुनुपर्ने छ। पुन : श्रम स्वीकृतिको लागि भने अनलाइनबाट गर्न सकिने छ।’

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारले सबै भन्दा धेरै दुख श्रम कार्यालयमा भोग्नु परेको थियो। लामो  लाइन बस्नु पर्ने काम छिटो नहुने जस्ता समस्या भोग्दै आएका थिए। विभागले अनलाइन प्रणाली एकदमै सहज, उपलब्धि मूलक र पारदर्शी तथा झन्झट रहित हुने दाबी गरेको छ। अनलाइनले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई सहज हुने बताएको छ। 

विभागको यस्तो नयाँ व्यवस्थासँगै अब वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ। अनलाइन सेवा लिन सेवाग्राहीले सजिलै पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेभ साइडको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली मार्फत आवश्यक सबै कागजात सहित फाराम भर्नसक्ने छन्। 

आवश्यक सबै प्रक्रिया पुयाएर यसरी फाराम अपलोड गरेपछि आवेदकले आफ्नो यूजर नेम र पासवर्ड सुरक्षित राख्न र म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउनु पर्ने शुल्क रकम पनि सहज रूपमा अनलाइन भुक्तानी  गर्न सकिने छ। 

पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बिमा बापत उमेर अनुसार १८ देखि ३५ वर्षसम्मका लागि प्रतिव्यक्ति ३ हजार ७ सय ८ रुपैयाँ, ३६ वर्षदेखि ५० वर्षसम्मका लागि प्रतिव्यक्ति ४ हजार ९ सय ३१ रुपैयाँ र ५१ वर्षदेखि ६४ वर्षसम्मका लागि प्रतिव्यक्ति ९ हजार ४ सय ६३ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । यसैगरी, वैदेशिक रोजगार कल्याणकारी कोषका लागि प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनु पर्ने विभागले जनाएको छ। 

विभागका अनुसार अनलाइनबाट पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिले अब वैदेशिक रोजगारीमा जान आवश्यक म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइन भुक्तानी मार्फत नै बुझाएर आफू बसेकै स्थानबाट सहज रूपमा अनलाइनबाट आवेदन दिन सक्ने छन्।

एकपटक विभागबाट आईडी लिएका, फिंगर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिलाई पुरानै विवरणको आधारमा पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाइए पछि अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ। विभागका अनुसार अनलाइनबाट पुनः श्रम स्वीकृति लिने प्रक्रियामा जानुअघि कामदारले आफ्नो सबै कागजपत्र तयार गर्न पर्ने हुन्छ। 

 राहदानी, पासपोर्ट साइजको तस्बिर, आफू जाने मुलुकबाट आएको कामदार भिसा एवं पुरानो भिसा र राहदानी लगायत विभिन्न ७ किसिमका कागजात संकलन गरी सम्पूर्ण विवरण स्क्यान गरी वैदेशिक रोजगारीमा जाने व्यक्ति स्वयं आफैंले प्रयोग गर्ने इमेल ठेगाना र मोबाइल नम्बर राखेर आवेदन दिनुपर्ने हुन्छ।

 वैदेशिक रोजगारीमा जाने व्यक्तिले प्रयोग गर्ने इमेल ठेगाना र मोबाइल नम्बर प्रयोग गर्दा विदेशमा नहुन्जेल आवश्यक सूचना प्राप्त हुने विभागले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP