म्याग्दी – म्याग्दीका विभिन्न ठाउँमा हिजो बेलुका असिना पानी परेको छ । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिकाको भाँक्रेपानी, धापुङलगायतका ठाउँमा हिजो बेलुका असिना परेको हो ।
असिनाले हिउँदेबाली नष्ट गरेपछि किसान चिन्तित भएका छन् । असिनाले हिउँदेबाली गहुँ र जौ तथा सुन्तलाका फलमा समेत क्षति गरेको मरेकका इन्द्रबहादुर थापाले बताउनुभयो ।
हिउँ पर्ने बेला असिना पर्नु अनौठो भएको किसानले बताएका छन् ।
क्षतिको विवरण सङ्कलन गरी राहतको व्यवस्था गर्न किसानले पालिका र कृषि ज्ञानकेन्द्रसँग माग गरेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया