इलाम : इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको अन्तुभ्याली चिया कारखानामा आगलागी भएको छ। आगलागीबाट मेसिन, औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ।
इलाम चिया प्रोर्डयुस प्रालिद्वारा संचालित कारखानामा दिउसो ३ बजे सुरु भएको आगोले चिया कारखानाको तीन वटा भवनसहित सम्पूर्ण मेसिन औजार जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी उपरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए।
आगलागीबाट करोडौंको क्षति भएको संचालक किसन गिरीले जानकारी दिए। आगलागीको कारण खुल्न सकेको छैन।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया